चलचित्र पत्रकार संघले ‘नेपालमा बक्सअफिस’ शिर्षकमा बहस गर्ने !

चलचित्र पत्रकार संघले ‘नेपालमा बक्सअफिस’ शिर्षकमा बहस गर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले ‘स्पिकर्स कर्नर’ नामक बहस तथा छलफल मुखी कार्यक्रम आयोजना गर्ने भएको छ । ‘स्पिकर्स कर्नर’ कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्ने थलो हुनेछ ।

मंगलबार बसेको संघको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यो कार्यक्रम संयोजनका लागि महासचिव अनिल यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा श्याम अर्याल र दीपज्योति थापा रहेका छन् ।

त्यस्तै, संघको पहिलो शृंखला जेठ १५ गते आयोजना हुने भएको छ । पहिलो शृंखलामा ‘नेपालमा बक्सअफिस’ शीर्षकमा बहस हुनेछ । बहसमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी वक्ताका रुपमा सहभागी हुनेछन् । अन्य फिल्मकर्मीहरु पनि बहसमा सहभागी हुन सक्नेछन् ।

प्रेस बिज्ञप्ती:-