इरफानको ‘हिन्दी मिडियम’लाई दुई सय प्रतिशत नाफा !

इरफानको ‘हिन्दी मिडियम’लाई दुई सय प्रतिशत नाफा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । इरफान खान अभिनित सिनेमा ‘हिन्दी मिडियम’ले बक्सअफिसमा दुई सय प्रतिशत नाफा कमाएको छ । जम्मा २२ करोडको बजेटमा निर्मित सिनेमाले भारतमा मात्र ६७.०१ करोडको व्यापार गर्दै लगानीको दोव्वर कलेक्सन गर्न सफल भएको हो ।

१० मेमा ‘हाफ गर्लफ्रेन्ड’संग बक्सअफिस भिडन्त गरेको सिनेमाले पहिलो दिन २.८१ करोडको नेट कलेक्सन गरेको थियो । प्रतिस्प्रधी सिनेमाले पहिलो दिन १०.२७ करोडको व्यापार गरे पनि लाइफटाइम ६० करोडमै सिमित भएको छ ।

क्रिटिक्सबाट बर्षकै सर्वाधिक रेटीङ पाएको सिनेमाले ७० करोडको आँकडा पार गर्ने लक्षण देखाएको छ । सिनेमाले अहिलेसम्म विश्वव्यापी १११.४९ करोडको ग्रस कलेक्सन गरिसकेको छ । ‘हिन्दी मिडियम’ बलिउडको यो सालको लागि चौंथो सुपरहिट सिनेमा हो । यसअघि बद्रिनाथ कि दुल्हनिया, काबिल र जोली एलएलबि २ले सुपरहिट ट्याग भिरीसकेका छन् ।

सिनेमालाई सकेट चौधरीले निर्देशन गरेका हुन् । यी निर्देशकले यसअघि प्यार के साइड इफेक्ट र सादी के साइड इफेक्ट निर्देशन गरिसकेका छन् ।