तिन दिनमा कति कमायो ‘लालटिन’ले ?

तिन दिनमा कति कमायो ‘लालटिन’ले ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । देवकुमार श्रेष्ठ निर्देशित सिनेमा ‘लालटिन’ विकेन्डको व्यापारिक रिपोर्ट सार्वजनिक भएको छ । प्राप्त व्यापारिक रिपोर्टका अनुसार सिनेमाको यो कलेक्सनलाई निर्माता भानु प्रतापले सुखद रहेको भन्दै खुसि व्यक्त गरे ।

सिनेमाले शुक्रबार १५ लाख ७ हजार ८ सय (काठमाडौँ), ९ लाख ८४ हजार (मोफसल) टोटल २४ लाख ९१ हजार ८ सय त्यस्तै शनिबार ३८ लाख ८२ हजार (काठमाडौँ), २२ लाख ४३ हजार (मोफसल) टोटल ६१ लाख २५ हजार र आइतबार २० लाख ८२ हजार (काठमाडौँ), १३ लाख ८८ हजार (मोफसल) टोटल ३४ लाख ७० हजार ग्रस कलेक्सन गरेको  वितरक गोपाल  कायस्थले  सिनेमा टाइम्सलाई   बताएका  छन् ।

तिन दिनमा काठमाडौँ उपत्यकाबाट ७४ लाख ७३ हजार ३ रुपैयाँ र राजधानी बाहिर (मोफसल)बाट ४६ लाख १५ हजार ४ सय ७३ रुपैयाँ ग्रस कलेक्सन गर्दै सिनेमाले आफ्नो ग्रस कलेक्सन १ करोड २० लाख ८८ हजार ४ सय ७६ रुपैयाँ पुर्याएको छ ।

सिनेमा देशभरका ८० पर्दामा प्रदर्शन भएको थियो । सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, भानु प्रताप लगायतको अभिनय छ ।