सुशीललाई बक्सअफिस चुनौती !

सुशीललाई बक्सअफिस चुनौती !

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली ‘गणेश’, काठमाडौँ । ‘होस्टेल रिटर्न्स’बाट नेपाली सिनेमा क्षेत्रमा इन्ट्री गरेका सुशील श्रेष्ठ पछिल्लो समयका आशा गर्न लायक कलाकार हुन् । मिलेको हाइट र सुगठिलो शरीरका धनि सुशीललाई स्थापित हुन सिक्नु र गर्नु पर्ने धेरै कुराहरु बाँकी छन् ।

सुशीललाई एक्सन सिनेमा सुहाउने हल्लाहरु पनि बजारमा सुनिन्छन । तर, एक्सनमा फिट हुने सुशीलले अभिनय क्षमता बढाउनु पर्ने कमेन्टहरु पनि आउने गर्छन । सिने क्षेत्रमा स्ट्रगल गरिरहेका सुशीलका असार महिनामा दुई सिनेमा प्रदर्शन हुदैछन । करिब १५ दिनको अन्तरालमा दुई सिनेमा प्रदर्शन हुने भएपछी सुशीलले पक्कै पनि चुनौतीको सामना गर्नु पर्नेछ ।

असार १६ मा सुशीलको दोस्रो सिनेमा ‘कारखाना’ प्रदर्शनमा आउँदै छ । जुन सिनेमाबाट सुशीलले आफुलाई प्रमाणित गर्न सक्छन । उनलाई लभर ब्वाय र एक्सन अवतारमा सिनेमामा देख्न सकिन्छ । ‘कारखाना’मा सुशीलले अर्को नयाँ कलाकार वर्षा सिवाकोटीसंग स्क्रिन सेयर गरेका छन् । यी दुई कलाकारको फ्यान फ्लोईङ एभरेज भएको सिने वृतमा हल्लाहरु सुनिने गर्छन । नेपालमा स्टारडमको कारण सिमित सिनेमा मात्र हिट हुन्छन । तर, पनि मुख्य कलाकारको कारण केहि हदसम्म बक्सअफिसमा असर त पर्छ नै ।

त्यसैले ट्रेलर, गीत/संगीत र कलाकारहरुको कारण ‘कारखाना’को चर्चा बजारमा एभरेज छ । साथै असार १६ को मितिमा सिंगल रिलिज हुने सिनेमाले प्रचारमा तिब्रता दिदैछ । यसको प्रत्यक्ष फाईदा सुशील र ‘कारखाना’ टिमलाई पुग्नेछ । पहिलो दिनको प्रतिक्रियाले सिनेमाको लाइफटाइम कलेक्सनलाई असर गर्नेछ । पहिलो दिनको प्रतिक्रियाले सिनेमा दोस्रो सातामा उक्लियो भने ‘धनपति’संग प्रत्यक्षरुपमा लड्नु पर्नेछ ।

असार ३० गते सुशील अभिनित ‘सायद २’ पनि प्रदर्शन हुदैछ । यो सिनेमाले बक्सअफिसमा ‘म यस्तो गीत गाउँछु’संग स्पर्धा गर्नु पर्नेछ । ‘सायद २’को हाइप बजारमा राम्रै छ । निर्माण युनिटले पनि प्रचारको लागि राम्रै समय खर्चिएको छ । अघिल्लो बर्षनै रिलिज हुने भनेको सिनेमा सर्दै सर्दै असार ३० मा आईपुग्यो । ‘सायद २’लाई  हिट व्यानर, हिट सिरिज र  ब्राण्ड भ्यालुले एक किसिमको चर्चा दिएको छ । सिनेमाको गीत र ट्रेलर औसत भन्दा माथि छन् ।

सिनेमाको प्रचारले हाइप सिर्जना गरे पनि स्पर्धी सिनेमाको हाइप माथि भैदिदा सुशील र दुर्गिस फिल्मसलाई केहि चनौती देखिएका छन् । यसको असर बक्सअफिस बरियतामा पर्न सक्छ । दुर्गिस फिल्मसका यसअघिका तिन सिनेमा बक्सअफिसमा हिट भैदिदा ‘सायद २’को बक्सअफिस प्रदर्शन कस्तो हुने हो चासोको विषय बन्न पुगेको छ ।

प्राय सिनेमामा नयाँ कलाकार भित्र्याएको दुर्गिस फिल्मसले यो सिनेमामा भने सुशील श्रेष्ठलाई दोहर्याएको छ । यो सिनेमामा पनि सुशीललाई लभर ब्वायको भूमिकामा देख्न सकिन्छ ।

यी दुई सिनेमाको बक्सअफिस नतिजाले सुशीलको करियरमा राम्रै अर्थ राख्न सक्छ । सुशीलका यी दुई सिनेमाले बक्सअफिसमा कस्तो प्रस्तुति दिन्छन ? साउन पहिलो सातासम्म कुर्ने पर्नेछ ।