‘बक्स अफिस फिल्म फेयर अवार्ड’ बेलायतमा हुने

‘बक्स अफिस फिल्म फेयर अवार्ड’ बेलायतमा हुने

द सिनेमा टाइम्स
0
Shares

प्रत्येक वर्ष अलग अलग देशमा हुँदै आएको ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ यस वर्ष बेलायतमा हुने भएको छ । थर्ड आई नामक संस्थाले आगामी जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेकोजानकारी दिएको छ ।

लन्डनमा पत्रकार सम्मेलन गर्दै आयोजक थर्ड आईका विकास देवकोटाले ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विधामा अवार्ड दिइने जानकारी दिए । अवार्डका लागि उत्कृष्ट गीत, संगीत, नृत्य,  गीतकार र संगीतकारको मनोनयन र छनोट प्रक्रिया लन्डनबाट र अन्य विद्यामा मनोनयन र छनोट नेपालबाटै गरिने देवकोटाले बताए । अवार्डका लागि वरिष्ठ फिल्म अभिनेता निर शाह, शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, प्रियंकाकार्की, स्वेता खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका ४० भन्दा बढी कलाकार बेलायत आउने   देवकोटाले जानकारी गराए ।

यता जुलाइमा हुने अवार्डका अध्यक्ष रामबहादुर सुवेदी (आर.के)ले अवार्डका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न लागिपरेको बताए । उनले जेठ २९ गते हायात रिजेन्सीमा युके अवार्डको नोमिनेसन सार्वजनिक गर्ने बताए । नेपालबाट जुन–२८ तारिखको दिन टोली बेलायत जाने जानकारी दिए ।