शतप्रतिशत बढी नाफा कमाउने सिनेमाहरु

शतप्रतिशत बढी नाफा कमाउने सिनेमाहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा यो वर्ष ८० बढी सिनेमा प्रदर्शन भैसकेका छन् । वर्ष समाप्ति हुन् १ महिना बढी बाँकी रहँदा १२ सिनेमाले मात्र लगानीको शतप्रतिशत भन्दा बढी नाफा कमाएका छन् ।

अहिलेसम्म सर्वाधिक नाफा कमाउनेमा दक्षिण भारतीय सिनेमा ‘बाहुबली २’को हिन्दि डब रहेको छ । हिन्दि डबको लागि ९० करोड खर्चिएको सिनेमाले भारतमा ५ सय ११ करोड ३० लाख नेट कलेक्सन गर्यो । हिन्दि भाषामा भारतमा कमाई गरेको यो नै सर्वाधिक हो । सिनेमाको हिन्दि बजेट र कमाईको हिसावकिताब गर्दा ‘बाहुबली २’को ४ सय २१ करोड ३० लाख नाफा हुन् आउँछ । यसको नाफा प्रतिशत ४६८.११ हुन्छ ।

त्यस्तै सर्वाधिक नाफा कमाउने सिनेमाको दोस्रो पंतिमा अक्षय कुमारको ‘ट्वाइलेट-एक प्रेम कथा’ छ । २४ करोडको ‘लो’ बजेटमा निर्माण भएको सिनेमाले भारतमा मात्र १ सय ३३ करोड ६० लाखको व्यापार गर्न सफल भयो । १ सय ९ करोड ६० लाख नाफा कमाएको सिनेमाको नाफा प्रतिशत ४५६.६६ हुन् आउँछ ।

त्यस्तै इरफान खान स्टारर ‘हिन्दि मिडियम’ २१३.६३ प्रतिशत नाफाका साथ तेस्रो स्थानमा छ । २२ करोडको बजेटमा निर्मित सिनेमाले ६९ करोड नेट कमाउँदै ४७ करोड नाफा लिएको थियो ।

पंतिको चौथों नम्बरमा अक्षय कुमारकै सिनेमा ‘जोली एलएलबी २’ १६० प्रतिशत नाफाका साथ छ । ४५ करोडको बजेटमा निर्मित सिनेमाले १ सय १७ करोडको व्यापार गरेको थियो । त्यस्तै १५९.११ प्रतिशत नाफाका साथ् पाँचौ नम्बरमा बरुण धवन र आलिया भट्ट अभिनित ‘बद्रीनाथ की दुल्हनिया’ रहेको छ । ४५ करोडको बजेटमा निर्माण भएको सिनेमाले ७१.६० करोड नाफा कमाउँदा १ सय १६ करोड ६० लाखको नेट व्यापार गरेको थियो ।

जम्मा ७ करोडको बजेटमा निर्माण भएको ‘लिप्टिक्स अन्डर माई बुर्खा’ले १८ करोड ५ लाखको व्यापार गर्दै ११ करोड ५ लाख नाफा कमायो । लगानीको हिसाबले यसको नाफा प्रतिशत १५७.८५ हुन् आउँछ । अहिले नाफा प्रतिशतको हिसाबले सातौँ नम्बरमा रहेको ‘गोलमाल अगेन’ यस वर्षको बलिउडमा सर्वाधिक कमाई गर्ने सिनेमा हो । ८० करोडको बजेटमा निर्माण भएको सिनेमाले भारतीय बक्सअफिसमा मात्र २ सय ३ करोड २७ लाखको नेट कलेक्सन गरिसकेको छ । १ सय २३ करोड २६ लाख नाफा आर्जन गरेको सिनेमाको नाफा प्रतिशत १५४.०७ हुन् आउँछ ।

ऋतिक रोशन स्टारर ‘काबिल’ पनि यो वर्षको शतप्रतिशत भन्दा ज्यादा नाफा कमाउने सिनेमा हो । शाहरुख खानसँगको ‘रईस’सँग जुद्धा पनि ‘काबिल’ आफ्नो प्रतिस्प्रधी सिनेमाको तुलनामा अब्बल देखियो । ‘रईस’ले केहि प्रतिशत नाफा कमाएपनि शतप्रतिशतलाई छुन सकेन । ५० करोडको बजेटमा निर्मित ‘काबिल’ले १ सय २६ करोड ८५ लाखको नेट कलेक्सन गरेको थियो । ७६ करोड ८५ लाख नाफा कमाएको सिनेमाको नाफा प्रतिशत १५३.७० हुन्छ ।

२५ कारोडको ‘लो’ बजेटमा निर्मित ‘सेक्रेट सुपरस्टार’ले पनि आफुलाई बक्सअफिसमा अब्बल तुल्याएको छ । ‘गोलमाल अगेन’सँग भिडेको सिनेमाले लाइफटाइम ६२ करोडको व्यापार गरिसकेको छ । ३७ करोड नाफा कमाएको सिनेमाको नाफा प्रतिशत १४८ हुन् आउँछ ।

शुभ मंगल सावधान’ पनि यो वर्षको शतप्रतिशत नाफा कमाउने सिनेमा बन्यो । १७ करोड बजेटमा निर्मित सिनेमाले लाइफटाइम ४१ करोड ९० लाखको व्यापार गर्यो । १४६.४७ प्रतिशत नाफा कमाएको सिनेमाले रकममा २४ करोड ९० लाख नाफा कमायो ।

९ करोड बजेटको ‘न्युटन’ले २२ करोड १८ लाख नेट कलेक्सन गर्दा १३ करोड १८ लाख नाफामा रह्यो । यसको नाफा प्रतिशत १४६.४४ छ । त्यस्तै शतप्रतिशत नाफा कमाउने १२औ सिनेमामा बरुण धवनको ‘जुड्वा २’ छ । ६५ करोड बजेटको सिनेमाले लाइफटाइम १ सय ३८ करोड पुर्यायो । यसको नाफा प्रतिशत ११२.३० हुँदा ७३ करोड नाफा रकम रह्यो ।

यी सिनेमाका अलावा अन्य केहि सिनेमा नाफामा रहे पनि शतप्रतिशत नाफा कमाउन सकेनन् । अब शतप्रतिशत नाफाको सुचीमा ‘पद्मावती’ र ‘टाइगर जिन्दा हे’ पर्न सक्ने सम्भावना छ । तर, बिग बजेटका यी सिनेमाहरुले रेकर्ड तोड कमाई गर्नुपर्ने हुन्छ ।

स्रोत: कोईमोई डटकम