सय करोड क्लब रेस: सलमान, अक्षय, शाहरुख क्रमस… को कति औ स्थानमा ?

सय करोड क्लब रेस: सलमान, अक्षय, शाहरुख क्रमस… को कति औ स्थानमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सन् २००८ मा आमिर खानको ‘गजनी’ले भारतीय बक्सअफिसमा अर्व माथिको व्यापार गर्दै ‘सय करोड क्लब’को स्थापना गर्यो ।

९ वर्षको बीचमा थुप्रै बलिउड सिनेमाले सय करोड भन्दा माथिको व्यापार गरिसकेका छन् । आमिर खानले नै २ सय करोड र ३ सय करोडको क्लब स्थापना गरिसके पनि १०० करोड क्लबको महत्व अझै पनि घटेको छैन । बलिउडका कति स्टार अभिनेताका सिनेमाले १०० करोड भन्दा बढीको व्यापार गर्न सकीरहेका छैनन् ।

तर, यसविचमा केहि अभिनेताका सिनेमाले भने लगातार सय करोड क्लबमा इन्ट्री गरिरहेका छन् । सय करोड क्लबको दौडमा सलमान खान सबै भन्दा अगाडी छन् । सलमानका ११ सिनेमाले यो माइलस्टोन पार गरेका छन् । सलमानको पहिलो सय करोड कमाउँने सिनेमा ‘दबंग’ हो ।

‘दबंग’ यता सलमान मुख्य भूमिकामा अभिनित सबै सिनेमाले सय करोड क्लबमा इन्ट्री गरेका छन् । रेडी, बडीगार्ड, एक था टाइगर, दबंग २, जय हो, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो, सुल्तान र ट्युबलाईट लगातार सय करोड क्लबमा इन्ट्री भएका सिनेमा हुन् ।

२) अक्षय कुमार (८): अक्षयको पहिलो सय करोड कमाउँने सिनेमा ‘हाउसफुल २’ हो । त्यस यता अक्षयका राउडी राठोर, होलिडे, ईयरलिफ्ट, हाउसफुल ३, रुस्तम, जोली एलएलबि २ र ट्वाइलेट-एक प्रेम कथाले सय करोड क्लबमा इन्ट्री गरेका छन् । ईयरलिफ्ट यता अक्षयका पाँच सिनेमाले लगातार यो माइलस्टोनलाई आत्मसात गैसकेका छन् । अक्षयको ट्वाइलेट-एक प्रेम कथा सय करोड क्लबको नयाँ सदस्य हो ।

३) शाहरुख खान (७): सय करोड क्लबको दौडमा शाहरुख खान तेस्रो नम्बरमा छन् । शाहरुखको पहिलो सय करोड कमाउँने सिनेमा ‘रावन’ हो । त्यस यता डन २, जब तक हे जान, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यु ईयर, दिलवाले र रईसले सय करोड क्लबमा स्थान बनाईसकेका छन् । शाहरुखको सर्वाधिक कमाई गर्ने सिनेमा ‘चेन्नई एक्सप्रेस’ हो ।

४) अजय देवगण (६): अजय देवगणका ६ सिनेमा सय करोड क्लबमा समावेश भएका छन् । ‘गोलमाल ३’ अजयको पहिलो सय करोड कमाउँने सिनेमा हो । त्यस यता सिङ्घम, बोल बच्चन, सन अफ सरदार, सिङ्घम रिट्रन्स र शिवायले सय करोडको क्लबमा इन्ट्री गरेका छन् ।

५) आमिर खान (५): भारतीय बक्सअफिसमा आमिरको ‘गजनी’ले सय करोड क्लबको सुरुवात गरेको थियो । त्यस यता आमिरका ‘थ्री इडियट्स, धूम ३, पिके र दंगलले यो माइलस्टोन पार गरेका छन् । ‘थ्री इडियट्स’ दुई सय करोड क्लब र ‘पिके’ तिन सय करोडको क्लब स्थापना गर्ने सिनेमा हुन् । ‘दंगल’ आमिरको सर्वाधिक कमाउँने सिनेमा हो ।

६) ऋतिक रोशन (४): ऋतिक रोशनका चार सिनेमाले सय करोड भन्दा माथिको व्यापार गरेका छन् । ऋतिकको पहिलो सय करोड कमाउँने सिनेमा ‘अग्निपथ’ हो । त्यस यता ‘क्रिस ३’ ‘ब्याङब्याङ’ र ‘काबिल’ सय करोड भन्दा माथिको व्यापार गरिसकेका छन् ।

७) रणवीर कपूर र बरुण धवन (३/३): रणवीर कपूरको पहिलो सय करोड कमाउँने सिनेमा ‘बर्फी’ हो । यस पश्चात रणवीरका ‘ए जवानी हे दिवानी’ र ‘ए दिल हे मुस्किल’ले यो माइलस्टोन पार गरिसकेका छन् । त्यस्तै बरुणको पहिलो सय करोड कमाउँने सिनेमा ‘एबिसिडी २’ थियो । त्यसयता ‘दिलवाले’ र ‘बद्रिनाथकी दुल्हनिया’ सय करोड माथिको व्यापार गरिसकेका छन् ।

८) रणवीर सिंह र जोन अब्राहम (२/२): रणवीर सिंहको ‘रामलिला’ र ‘बाजिराव मस्तानी’ले सय करोड माथिको व्यापार गरेका छन् । त्यस्तै जोन अब्राहमका ‘रेस २’ र ‘हाउसफुल २’ले यो माइलस्टोन पार गरेका छन् ।

९) सुशान्त सिंह राजपुत, अर्जुन कपूर, फरहान अख्तर र सैफअलि खानका समान १/१ वटा सिनेमाले यो माइलस्टोन पार गरेका छन् । सुशान्त सिंह राजपुत (एमएस धोनी), अर्जुन कपूर (टु स्टेट), फरहान अख्तर (भाग मिल्खा भाग) र सैफअलि खानको ‘रेस २’ यी अभिनेताको करियरकै सर्वाधिक कमाउँने सिनेमा हुन् ।