बलिउडका पाँच ‘बिगेस्ट फ्लप’ !

बलिउडका पाँच ‘बिगेस्ट फ्लप’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्ष बलिउडमा आशा गरिएका थुप्रै सिनेमाले बक्सअफिसमा झुर व्यापार गरे । अझै भनौ बिग बजेटका सिनेमाले त सिधै बालुवामा पानि खन्याए ।

थाहा पाउनुहोस् बलिउड बिग बजेटका ५ फ्लप सिनेमा !

रंगुन: कंगना रनाउत, साहिद कपूर र सैफअलि खान अभिनित सिनेमालाई लिएर बलिउडले ठुलै आशा बोकेको थियो । तर, सिनेमा रिलिज भयो ओपनिङ नै चुस्त भैदियो । पहिलो दिन भारतमा ६ करोड ७ लाखको व्यापार गरेको सिनेमाले लगानी रिकभर गर्न कम्तिमा सय करोड माथिको व्यापार गर्नु पर्थ्यो । तर, ८० करोडको बजेटमा निर्मित सिनेमाको समिक्षाले बक्सअफिस रेसलाई यसरी खुम्च्याईदियो की ‘रंगुन’ले पानि माग्न नि पाएन । विशाल भारद्वाज निर्देशित सिनेमाले लाइफटाइम जम्मा २३ करोड कमाउँन सफल भयो ।

जग्गा जासूस: रणवीर कपूर र कट्रिना कैफ अभिनित यो सिनेमा पनि वर्षको ‘बिगेस्ट’ फ्लपमा पर्छ । २०१२ मा ‘बर्फी’ निर्देशन गरेर बक्सअफिस र समिक्षकबाट सफलताको पगरी भिरेका अनुराग बासुलाई ‘जग्गा जासूस’ले ठुलो धक्का दियो । ५ वर्ष पछी निर्देशनमा फर्केका बासुले यो सिनेमामा १ सय ३० करोड लगानीमा रिलिज गरेका थिए । क्रिटिक्सबाट राम्रै प्रतिक्रिया बटुलेपनि २ घण्टा ४२ मिनेट लामो सिनेमाले दर्शक तान्न सकेन । सिनेमा असफल हुनुको एक कारण सिनेमाको लम्बाई पनि रह्यो । सामान्यतया एउटा सिनेमाको लागि २ घण्टा छुट्टयाउनु पर्ने जमानामा दर्शकले ‘जग्गा जासूस’को लागि ४ घण्टा छुट्टयाउन उपयुक्त ठानेनन् । फलस्वरूप सिनेमाले ५३ करोड मात्र कमाई गर्न सक्यो ।

जब ह्यारी मिट सेजल: शाहरुख खान र अनुष्का शर्मा अभिनित सिनेमाले बक्सअफिसमा कमाल देखाउन सकेन । यसअघि यी दुईका ‘रब ने बनादी जोडी’ र ‘जब तक हे जान’ हिट थिए । तर, यो जोडीले बक्सअफिसमा ह्याट्रिक गर्न सकेन । आँकलन त १ सय ५० करोड बढीको थियो । ८० करोडको सिनेमाले लगानी जति पनि कलेक्सन गर्न नसकेपछी यो सिनेमा पनि ‘बिगेस्ट’ फ्लपको सुचीमा पर्न पुग्यो । इम्तियाज अलि निर्देशित सिनेमाले ६२ करोड मात्र कमाउँन सक्यो ।

बादशाहो: यो मल्टीस्टारर सिनेमाले सय करोडको आँकडा सजिलै छुने भविष्यवाणी थियो । तर, ८० करोडको लागतमा निर्मित सिनेमाले ७८ करोड मात्र कमायो । मिलन लुथ्रिया निर्देशित सिनेमालाई समिक्षक र दर्शक दुवैले रुचाएनन । सिनेमामा अजय देवगण, इमरान हास्मी, इलियाना डीक्रुज, इशा गुप्ता, विद्युत जम्मवाल, संजय मिश्रा, सन्नी लिओन जस्ता कलाकारको अभिनय थियो ।

ट्युबलाईट: सर्वाधिक आशा गरिएको र निराशा बनाएको सिनेमा ‘ट्युबलाईट’ रह्यो । लामो समय देखिको चर्चाले सलमान खान स्टारर सिनेमाको व्यग्र प्रतिक्षामा थिए दर्शक । तर, सिनेमाले पहिलो दिन देखिनै दर्शकको गालि पाउँन थाल्यो । फलस्वरूप, सोचेअनुरुप त के सिनेमाले आफ्नै लगानी पनि उठाउन सकेन । १ सय ३५ करोडमा बनेको सिनेमाले १ सय २१ करोड मात्र कमाई गर्यो । काबिर खान निर्देशित सिनेमा पनि वर्षको ‘बिगेस्ट’ फ्लपमा पर्छ ।