रहेनन् दिग्गज बलिउड अभिनेता शशि कपुर

रहेनन् दिग्गज बलिउड अभिनेता शशि कपुर

द सिनेमा टाइम्स
0
Shares

दिग्गज बलिउड अभिनेता शशि कपुरको सोमबार ७९ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनी उपचारका क्रममा कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए। अस्पतालका सिइओको हवाला दिदैं हिन्दुस्तान टाइम्सले आफ्नो समाचारमा लेखेको छ. उनको साँझ ५ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

कपुर विगत केही वर्षयता मृगौला सम्बन्धि रोगबाट पीडित रहँदै आएका थिए। उनी डायलसिसको साहारामा थिए। उनी ३-४ सातादेखी विरामी रहेका थिए र उनको उपचार भइरहेको थियो। छात्तिमा संक्रमण भएपछि आइतबार उनलाई अस्पताल भर्ना गरिएको थियो।

https://www.youtube.com/watch?v=cFxozbrRHNQ

मंगलबार बिहान उनको अन्तेष्टि गरिनेछ। सन् २०१४ मा कपुरको बाइपासको शल्यक्रिया भएको थियो। चर्चित अभिनेता पृथ्वीराज कपुरका कान्छा छोरा शशीले सन् १९६१ मा ‘धर्मपुत्र’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। उनले अंग्रेजीसहित १५० सिनेमा काम गरेका छन्। उनले फिल्ममा बालकलाकारका रूपमा आफ्नो अभिनय यात्रा सुरू भएको थियो।

पद्मभूषण तथा दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित कपुरकी पत्नी जेनिफर केन्डलको क्यान्सरका निधन भइसकेको छ भने उनी एक छोरी र दुई छोरा रहेका छन्। उनले ‘शरमिले’, ‘आ गले लग जा’, ‘चोर मचाए स्वर’, ‘जब जब फूल खिले’, ‘दिवार’ तथा ‘कभी कभी’ जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए।