युकेमा हाउसफुल भयो ‘बोबी’

युकेमा हाउसफुल भयो ‘बोबी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – रियल लाइफ जोडी उमेश थापा र कविता गुरुंगको बास्तविक प्रेम कथामा निर्माण भएको सिनेमा ‘बोबी’लाई युकेका दर्शकले निकै माया देखाएका छन् । आइतबार गरिएको पहिलो शोमा नै रियल लाइफ जोडीको सिनेमा हेर्न १२ सय दर्शक उपस्थित रहेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताए ।दर्शकको उल्लेख्य सहभागीताले गर्दा युकेमा बोबीको शो थप गरिने चाम्सले बताए । आइतबार युकेसँगै सिङगापुर कुवेत र युसएमा बोबीको प्रर्दशन गरिएको थियो । चार वटा देशमा एकै पटक प्रर्दशनमा ल्याईएको सिनेमाले युकेमा राम्रो दर्शकको साथ पाएको छ । नेपालमा समेत दर्शकलाई हलसम्म आकर्षण गर्न सफल ‘बोबी’को विदेशमा माग उच्च छ ।

‘बोबी’को सोमबार अस्ट्रेलियामा शो गरिनेछ भने अक्टोबर १ मा हङकङ शो छ । यस्तै मंगलबार जापानमा यो सिनेमाको शो राखिएको छ । बोबीको थुप्रै देशमा शो गरिने चाम्स बताउँछन् ।