‘बोबी’ हेरेर नर्बे घुम्ने भाग्यमानी दर्शक बने झापाका राजेश लिम्बु

‘बोबी’ हेरेर नर्बे घुम्ने भाग्यमानी दर्शक बने झापाका राजेश लिम्बु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असार २९मा प्रदर्शन भएको सफल सिनेमा ‘बोबी’ले एक जना भाग्यमानी दर्शकलाई नर्बे घुमाउने भएको छ । रियल जोडी उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा सिनेमा निर्माण भएको थियो । सिनेमा निर्माण युनिटले रिलिज अगाडी प्रचारलाई व्यापक बनाउन ‘बोबी हेरौं नर्वे घुमौं’ स्लोगनलाई अगाडी सारेको थियो ।

बिहीवार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमा घरमा राखिएको बक्समा खसालिएको सिनेमाको टिकट मध्येबाट एक भाग्यमानी दर्शकको नाम घोषणा गरिएको थियो । हजार बढी टिकटबाट विर्तामोड, झापाका राजेश लिम्बु विजेता बनेका हुन् । उनले आफूसँग श्रीमतीलाई पनि नर्वे घुमाउने अवसर पाएका छन् ।पत्रकार सम्मेलनमा नै सिनेमा निर्माण टिमले राजेश लिम्बुलाई फोन गरेर बधाई दिएको थियो । विजेता लिम्बुले भागी विवाह गरेको र नर्बे घुम्ने अवसर पाएकोमा फोनबाटै खुसी व्यक्त गरे । हालसम्म कुनै विदेश भ्रमण नगरेका उनले सिनेमा निर्माण टिमलाई धन्यवाद दिए । उनी नर्बे घुम्ने क्रममा बोबी जोडी उमेश थापा र कविता गुरुङको घरमा बस्नेछन् ।

निर्देशक तथा निर्माता मिलन चाम्सले अब विजेता राजेशलाई नर्वे लैजाने सबै प्रक्रिया सुरु हुने बताए । विजेता घोषणा कार्यक्रममा सहभागी हुनका लागि कविता नर्वेबाट केही दिन अगाडि मात्र नेपाल ओर्लिएकी थिइन् । उमेश भने काम विशेषले नेपाल आउन नसकेको कविताले बताइन् ।

उमेर र कविताको वास्तविक प्रेमकथामा निर्माण भएको सिनेमाले घरेलु बजारमा राम्रो व्यापार गरेको थियो । अहिले सिनेमाको विदेशमा चर्को डिमान्ड रहेको छ । हालै यूके प्रदर्शनमा ‘बोबी’ ले १७ लाख कमाई गर्दै रेकर्ड बनाएको छ । अब सिनेमाले यूरोप प्रदर्शन आरम्भ गर्न लागेको निर्देशक चाम्सले बताए ।