रियल जोडीको रियल कथा, ‘बोबी’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्मित एवं निर्देशित सिनेमा ‘बोबी’को टिजर रिलिज भएको छ । सत्यकथामा आधारित सिनेमामा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र  ताराप्रकाश लिम्बुको संगीत रहेको छ । सिनेमाको रिलिज मिति तय भैसकेको छैन ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *