‘बोबी’मा उमेश र कविताको जीवनकथा नै बलियो

‘बोबी’मा उमेश र कविताको जीवनकथा नै बलियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असार २९ गते रिलिज हुने सिनेमा ‘बोबी’ प्रचारका लागि अहिले मोफसल टुरमा छ । टुर अन्तर्गत टोलिले पोखरा र चितवनमा प्रेसमिट तथा कन्सर्ट सम्पन्न गरिसकेको छ ।

टुरका क्रममा निर्देशक मिलन चाम्सले मुख्य भूमिका निर्वाह गरेका कविता गुरुङ र उमेश थापाको कथा मन परेकोले सिनेमा निर्माण गर्ने हौसला आएको बताए । ‘उनीहरु कथा आफैमा सिनेमा हो । उनीहरुको जीवन, संघर्ष र प्रेमले नै सिनेमामा लगानी गर्न तयार भए । ‘ चाम्सले भने ।

उनिहरुकै कथा, उनीहरु अनि पात्र अनि पैसा पनि उनीहरुकै छ कि ? भन्ने प्रश्नमा चाम्सले कविता र उमेशबाट कत्ति पनि पैसा नलिएको बताए । उमेश र कवितालाई सिनेमामा अभिनय गराउनुको कारण आफ्नै कथामा आफैले अभिनय गर्दा प्राकृतिकता आउने विश्वासले खेलाएको बताए ।

त्यस्तै सिनेमाका कलाकार तथा विमान चालक विजय लामाले निर्देशक चाम्सको काम गर्ने शैली र कविता/उमेशको कामको तारिफ गरे । उनले पनि कथा र भूमिकाले आफुलाई ‘बोबी’ खेल्न प्रेरित गरेको बताए ।

त्यस्तै कविता र उमेशले एउटा गाउँबाट सुरु भएको यात्रा कसरि नर्वेसम्म पुग्यो र के-कति कष्ट झेल्नु परेको सबै सिनेमामा प्रस्तुत गरिएको बताए ।

रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि सिनेमामा अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।