रियल जोडीको रियल कथा हेर्दा नर्वे यात्राको अवसर

रियल जोडीको रियल कथा हेर्दा नर्वे यात्राको अवसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दर्शकले सिनेमा ‘बोबी’ हेर्दा नेपालदेखि नर्वेसम्मको एक साताको यात्रा गर्ने अवसर पाउने भएका छन् । असार २९ गते प्रदर्शनमा आउने सिनेमा ‘बोबी’ले दर्शकका लागि यस्तो खालको अवसर ल्याएको हो ।

‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ । त्यहाँ उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत गोलाप्रथा गरि विजेता छनोट गरिनेछ । भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन् ।

मिलन चाम्स निर्देशित सिनेमामा रियल जोडी उमेश थापा र कविता गुरुङको रियल कथा प्रस्तुत गरिएको छ । सिनेमामा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

म्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।