ब्लाईन्ड रक्स गीत: दृष्टिविहिन बेनिषाको क्लासिकल नृत्य

ब्लाईन्ड रक्स गीत: दृष्टिविहिन बेनिषाको क्लासिकल नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स अहिलेका सर्वाधिक व्यस्त निर्देशक हुन् । प्रि-प्रोडक्सन देखि रिलिजसम्म लिएर उनलाई भ्याईनभ्याई छ ।

मिलन निर्देशित तेस्रो सिनेमा ‘ह्याप्पी डेज’ यहिँ माघ १२ मा रिलिज हुने कुरा थियो । तर, उक्त मितिमा बलिउडका ‘प्याडम्यान’ र ‘पद्मावत’ रिलिज हुने भएपछी ‘ह्याप्पी डेज’ अनिश्चित रुपमा सरिसकेको छ । अब भने ‘ह्याप्पी डेज’ भन्दा अगाडी ‘ब्लाईन्ड रक्स’ रिलिज हुने भएको छ ।

यो सिनेमाले फागुन १८ लाई रिलिज मिति रोज्दै पहिलो गीत पनि सार्वजनिक गरेको छ । अभिनेत्री बेनिषा हमाल फिचर्ड ‘उड्यो मन…’ बोलको गीत क्लासिकल टेस्टमा तयार गरिएको छ । जहाँ बेनिषाले कथ्थक नृत्य प्रस्तुत गरेकी छन् ।

हरिलम्सालको संगीतमा तयार भएको गीतमा बानीका प्रधानले स्वर दिएकी छन् । गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द सिर्जना रहेको छ ।

दृष्टिविहिन युवती सृष्टि केसीको जीवनीमा आधारित सिनेमामा बेनिषाले सृष्टिको भूमिका निर्वाह गरेकी छन् । सिनेमामा बेनिषाका अलावा गौरी मल्ल, अर्पण थापा, अनिल शाह, बसन्त भट्ट लगायतको अभिनय छ ।  एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।