प्रचार प्रसारलाई तिब्रता दिन पुर्वी नेपालमा ‘ब्ल्याक’ टिम

प्रचार प्रसारलाई तिब्रता दिन पुर्वी नेपालमा ‘ब्ल्याक’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गतेबाट रिलिज हुने सिनेमा ‘ब्ल्याक’ले यतीवेला आफ्नो प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ । मोफसल टुरमा रहेको सिनेमाको टिम यतीवेला पुर्वका विभिन्न ठाँउमा पुगेर प्रचार प्रसार गरिरहेको छ ।सिनेमाका मुख्यकलाकार आकाश श्रेष्ठ र आँचल शर्मालाई लिएर पुर्वको बिर्तामोड, दमक हुँदै इटहरी निर्माण टिम पुगेको छ । निर्माण टिमले पुर्वका स्थानीय पत्रकार, दर्शकसँग सिनेमा निर्माण टिमले नजिकबाट साक्षत्कार गरिरहेको छ ।

स्थानिय पत्रकारबाट अन्य सिनेमा भन्दा ‘ब्ल्याक’ के कारणले फरक छ भनि आएको प्रश्नमा निर्देशक प्रदिप श्रेष्ठले सबैजसो सिनेमाले उठाउने लभस्टोरी कहिँकतै ठोकिन जाने भएता पनि ‘ब्ल्याक’को प्रस्तुती केहि भिन्न भएको दाबी गरे । ‘सिनेमाले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ, निर्देशक श्रेष्ठले भने ।

निर्मात्री आश्मा पाण्डेले आफु पुर्बकै चेली भन्दै सिनेमा निर्माणमा आफ्नो उपस्थितीलाई दरिलो बनाउन र आफुलाई सफल बनाउनको लागी सबै पुर्बेली दर्शकको साथ र सहयोगको अपेक्षा राखिन् । लगानीमा कुनै कन्जुस्याइँ नगरेको र प्रोडक्ट उत्कृष्ट बनेको भन्दै हल पुग्ने दर्शकलाई आफ्नो सिनेमाले निराश नबनाउने तर्क पाण्डेको छ ।

अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफुले यसअघि गरेका सिनेमा भन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व सिनेमाले गरेको दाबी गरिन् । बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा सिनेमाले बोकेको भन्दै पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी सिनेमा घुमेको उनको तर्क छ ।

उता केहि समयको अन्तरमा पर्दामा आउँदै गरेका अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश सिनेमाले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ले दिलाउने बताए ।

मौनता श्रेष्ठको कथामा बनेको सिनेमाका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । सिनेमामा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।