ब्ल्याक गीत: आकाशसँग आँचलको सुन्दर केमेस्ट्री

ब्ल्याक गीत: आकाशसँग आँचलको सुन्दर केमेस्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आँचल शर्मा र आकाश खड्का अभिनित सिनेमा ‘ब्ल्याक’को नयाँ गीत सार्वजनिक भएको छ । ‘पलपल हरपल…’ बोलको रोमान्टिक गीतमा आकाश र आँचलको जोडीलाई प्रस्तुत गरिएको छ ।

आँचलले पल बाहेक अन्य अभिनेतासँग स्क्रिन शेयर गरेको यो पहिलो पटक हो । यसअघि आँचल ‘नाई नभन्नु ल ४’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पलको अपोजिट देखिसकेकी छन् । महेश खड्काले संगीत भरेको ‘ब्ल्याक’ गीतमा सुगम पोखरेलको स्वर, डा. कविराज वान्तवाको शब्द र रामजी लामिछानेको कोरियोग्राफी छ ।

यसअघि सिनेमाको एक गीत र पोस्टर सार्वजनिक भैसकेका छन् । प्रदीप श्रेष्ठ निर्देशित सिनेमा जेठ ११ मा प्रदर्शन हुदैछ ।

‘ब्ल्याक’लाई आश्मा फिल्मस प्रालिको व्यानरमा आश्मा पाण्डेले निर्माण गरेकी हुन् । एक्सन लभस्टोरी जनराको सिनेमा मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ, भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेले कोरियोग्राफी भरेको सिनेमामा अर्जुन जिसीको सम्पादन छ ।