‘ब्ल्याक’को ‘तिम्रो लागी’ बोलको गीत सार्वजनिक

‘ब्ल्याक’को ‘तिम्रो लागी’ बोलको गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आकाश श्रेष्ठ र आँचल शर्मा स्टार सिनेमा ‘ब्ल्याक’को तिम्रो लागी बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र आकाश श्रेष्ठ र आँचल शर्मालाई फिचर्ड गरिएको छ । सिनेमाको गीतमा महेश खड्काको संगीत रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको लभस्टोरी जनराको सिनेमाको यसअघि रिलिज ‘पल पल हरपल’ बोलको गीत चर्चामा छ । प्रदिप श्रेष्ठ निर्देशित सिनेमालाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । सिनेमामा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ ।

‘ब्ल्याक’लाई गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।