फ्यानले काटे आकाशको सरप्राइज ‘बर्थ डे केक’ (फोटो फिचर)

फ्यानले काटे आकाशको सरप्राइज ‘बर्थ डे केक’ (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘म त तिम्रै हुँ’ डेव्यु नायक आकाश श्रेष्ठ आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । आकाशका अनुसार जन्मदिनका त्यस्तो खासै केहि प्लान नभएतापनि साथीहरुको सरप्रराइज पार्टिको प्रतिक्षमा छन् । आकाश भन्छन् म आज बाट २५ वर्ष पुरा भएर २६ वर्ष लागेको हुँ । यसका साथै आफुले छोटो समयमा दर्शकबाट अत्याधिक माया पाएको आकाश बताउँछन् ।पहिलो सिनेमाले राम्रो व्यापार नगर्दा केहि निराश बनेका आकाशले त्यस पश्चात राम्रो र ठुला व्यानरका सिनेमामा काम गर्न पाएका छन् । आकाशले ‘म त तिम्रै हुँ’, ‘तिमि सँग’, ‘ब्ल्याक’, ‘रामकहानी’, ‘ड्रिम गर्ल’ लगायतका सिनेमामा काम गरिसकेका छन् । यस्तै उनले अभिनय गरेको सिनेमा ‘ड्रिम गर्ल’ प्रदर्शको तयारीमा छ, भने मिलन चाम्सको निर्माण तथा निर्देशन रहने सिनेमा ‘विर विक्रम २’ छायाँकनको तयारीमा रहेको छ ।यसैबिच आज नै नायक आकाश श्रेष्ठलाई सरप्राइज दिँदै उनका फ्यानले बर्थ डे केक काटेका हुन् । केक काटे पश्चात आकाशले भने यो सवै माया मैले ‘रामकहानी’ प्रदर्शन भएपछि पाएको हुँ । उहाँहरुलाई मैले फ्यान बढेको भन्दापनि माया धेरै पाएको भनेर बुझ्ने आकाशको भनाई छ । यसैमा आकाशले थपे रामकहानी हेरेका धेरै दर्शक तथा आफ्नाले आफ्नो जोडी पुजा शर्मासँग राम्रो देखिने भन्दै बिहे गर्ने सुझाव दिएका छन् । तर आफुले यसबारेमा सोचिनसकेको उनको भनाई छ ।