लभ एक्सनमा ‘वीराङ्गना’ ट्रेलर

लभ एक्सनमा ‘वीराङ्गना’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शिल्पा पोखरेल र अनुपबिक्रम शाही स्टारर सिनेमा ‘वीराङ्गना’को ट्रेलर रिलिज भएको छ ।

महिला शसस्त्र प्रहरीको वीरतामा आधारित भनिएको सिनेमामा शिल्पा पूर्ण एक्सन अवतारमा प्रस्तुत भएकी छन् । भने, अनुपबिक्रमसँगै बाँदरलाई पनि एक्सनमा समेटिएको छ ।

राजबहादुर सानेको लेखन/निर्देशन रहेको सिनेमामा पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय छ ।

फोर्थ आइ मुभिजको व्यानरमा निर्मित यस एक्सन लभस्टोरीमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले लगानी गरेका छन् । सुमी चामलिंग राई सहनिर्मातामा छिन् ।

‘वीराङ्गना’मा दीपक शर्मा/पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज/सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द, हरिघले लामा/रामेश्वर कार्कीको छायाँकन रहेको छ । असार २९ गते रिलिज हुने सिनेमालाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने छन् ।