‘बिरंगना’को ‘तिमि नि पुलिस म नि पुलिस’ सार्वजनिक

‘बिरंगना’को ‘तिमि नि पुलिस म नि पुलिस’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘बिरंगना’को गीत सार्वजनिक भएको छ । ‘तिमि पुलिस म नि पुलिस’ बोलको गीतमा अनुपबिक्रम शाही र शिल्पा पोखरेलले ठुम्का लगाएका छन् ।

राजबहादुर साने निर्देशित सिनेमाको गीत बिहिबार सम्पन्न डी सिने अवार्ड समारोहमा सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको संगीत, महिमा श्रेष्ठ/योञ्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी छ ।

सिनेमामा अनुपबिक्रम र शिल्पाका  पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धुर्व कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय छ । नारीप्रधान एक्सन सिनेमालाई वीराङ्गना र्फोथ आई मुभिजको व्यानरमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् । सिनेमाको सहनिर्मातामा सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।

असार २९ मा रिलिज हुने सिनेमामा हरिबोल लामाको छायाँकन र तारा थापा किम्भेको सम्पादन छ ।