आकाश, नाजिर र वर्षालाई लिएर मिलनले गरे ‘विर विक्रम २’को घोषणा !

आकाश, नाजिर र वर्षालाई लिएर मिलनले गरे ‘विर विक्रम २’को घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘विर विक्रम २’को निर्माण घोषणा गरिएको छ । बिहिबार राजधानीमा एक भव्य कार्यक्रम सहित सिनेमाको निर्माण घोषणा गरिएको हो । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेमा आईको संयुक्त व्यानर।मा निर्माण हुने सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।प्रदीप भारद्धाजको पटकथा लेखन रहेको सिनेमामा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी बुद्धि तामाङ, विनिसा भण्डारी, बालकलाकार मनिष लिम्बु, मनोज केसी शिशिर राणा क्षितिज सुवेदी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।’ विर विक्रम २’मा अर्पण सापकोटा सह-निर्मातको रुपमा रहेका छन् ।निर्देशक मिलन चाम्सका अनुसार विर विक्रम दुई २०७३ सालमा प्रर्दशनमा आएको सफल सिनेमा ‘विर विक्रम’को सिक्वेल नभएको प्रष्ट पारे । उनले भने – ‘मेरो टिमले यस पटक नयाँ कथामा काम गरेकाले गर्दा यो सिनेमा विर विक्रमका मुख्य तीन पात्र दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन नदोहोरीएको बताए’।‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमा कार्तिक २६ गतेबाट छायांकनमा जाने निर्माण टिमको भनाई रहेको छ ।