विपिन कार्की दुर्घटनामा परेपछि ‘जात्रै जात्रा’को छायाँकन रोकियो !

विपिन कार्की दुर्घटनामा परेपछि ‘जात्रै जात्रा’को छायाँकन रोकियो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रिलिजको तयारीमा रहेको सिनेमा ‘प्रसाद’का मुख्य अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । आफ्नै मोटरसाइकलमा उनको अभिनय रहने सिनेमा ‘जात्रै जात्रा’को छायाँकन स्थल जाने क्रममा दुर्घटना भएको हो । उनको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलले ठक्कर दिएपछि उनको दाहिने खुट्टामा चोट लागेको छ । अहिले उनको बयोधा हस्पिटमा उपचार भइरहेको छ ।

द सिनेमा टाइम्ससँग कुरा गर्दै निर्देशक प्रदीप भट्टराईले अहिले कार्कीको अवस्था सामान्य रहेको बताए । चोट लागेको खुट्टाको एक्सरे गरेर हेर्दा खुट्टा भाँचिएको देखाएको छ । जसले गर्दा ‘जात्रै जात्रा’को छायाँकन स्थगीत गरिएको । फागुन १७ गतेलाई प्रदर्शन मिती फाइनल गरेर छायाँकन भैरहेको सिनेमा निर्माण टिम उनको दुर्घटना भएसँगै तनाबमा परेको छ ।विपिन अहिलेका चल्तीका कलाकार हुन् । उनले अभिनय गरेको सिनेमा ‘हरी’ यस वर्ष रिलिज भैसकेको छ, भने ‘प्रसाद’ र ‘गोपी’ प्रदर्शनको क्रममा रहेका छन् । उनले अहिले मंसिर २१ गतेबाट प्रदर्शमा आउन लागेको सिनेमा ‘प्रसाद’को प्रचार र ‘जात्रै जात्रा’को छायाँकन एकै साथ गरिरहेका थिए । उनको दुर्घटनाले ‘प्रसाद’ को प्रचार प्रसार र ‘जात्रै जात्रा’को छायाँकनमा निकै असर परेको छ ।