बयोपिक ‘ब्लाइन्ड रक्स्’ ट्रेलर रिलिज (भिडियो)

बयोपिक ‘ब्लाइन्ड रक्स्’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाण्डौ –राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा ‘ब्लाइन्ड  रक्स’को ट्रेलर रिलिज गरिएको छ । दृष्टि विहिन सृष्टि केसीको जीवनीमा आधारित यस फिल्मलाई निकेश लिम्बुले निर्माण गरेका हुन् भने यसलाई मिलन चाम्सले निर्देशन गरेका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चाम्सले सिनेमा मार्फत युवापुस्तालाई प्रेरणा मिल्ने बताए ।

‘सृष्टि आफैले आँखाको ज्योति गुमाइन तर धेरैको लागि प्रेरणाको श्रोत बनेकी छिन्’ मिलन भन्छन ‘बेलायतमा रुचाइएको यस सिनेमालाई नेपालमा पनि रुचाइनेमा विश्वस्त छु ।’ यसै गरि फिल्ममा सृष्टिको भूमिका निर्वाह गरेकी बेनिशा हमालले पनि आफुले सक्दो मेहनत गरेको बताइन । ‘यो मेरो लागि अवसर र चुनौती दुवै थियो किनकी मैले त्यो अवस्था महसुस नै गरेकी छैन’ कार्यक्रममा बोल्दै बेनिशाले भनिन् ‘फिल्मले हाम्रो पुस्तालाई केहि गर्नु पर्छ भन्ने उर्जा थप्छ ।’

फागुन १८ मा रिलिज हुने फिल्मका निर्माता निकेश भने बेलायतमा छन् । यसमा बेनिशासंगै अर्पण थापा , गौरी मल्ल , अनिल केशरी शाह लगायतको पनि अभिनय रहनेछ ।