‘बिन्दास लाइफ’को रिमिक्स गीतमा सपना र प्रथमको ठुम्का !

‘बिन्दास लाइफ’को रिमिक्स गीतमा सपना र प्रथमको ठुम्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘बिन्दास लाइफ’को दोस्रो नयाँ गीत सार्वजनिक गरिएको छ । ‘आउ न मेरो छेउ..’ बोलको दोहोरी रिमिक्स गीतमा सिनेमाका मुख्य कलाकार सपना लामिछाने र प्रथम खड्कालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत, कल्पना देवकोटा तथा स्वंयम संगीतकार पौडेलको स्वर छ । अनिल राईको कोरियोग्राफी रहेको गीतमा र्यापर अमृत ल्वागुनले यार्प हानेका छन् ।

फागुन ३ गतेबाट प्रदर्शन हुने सिनेमालाई राजु गिरीले निर्देशज गरेका हुन् । सपना लामिछानेले निर्माण गरेको सिनेमामा उनका अलवा प्रथम खड्का, चिरन अधिकारी, पल्पसा डंगोल, मदन सिटौला, गोपाल कुइँकेल, भिम खनाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा जीवन पराजुली डि।ओ।पी, रामेश्वर हुमागाईंको छायांकन, रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।