शव पोस्टमार्टम गर्ने मानिसको कथामा ‘भूईँमान्छे’ (टिजर)

शव पोस्टमार्टम गर्ने मानिसको कथामा ‘भूईँमान्छे’ (टिजर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शव पोस्टमार्टम गर्ने मानिसको मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको सिनेमा ‘भूईँमान्छे’को टिजर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाले आफ्नो बारेमा जानकारी दिदै प्रदर्शन मिती पनी तय गरेको छ ।

निर्माण पक्षले बताए अनुसार अब सिनेमा साउन २० गते प्रदर्शन हुनेछ | बराज बुढाथोकीको निर्देशनमा तयार भएको यो सिनेमामा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

विदुर पाण्डेले खिचेको यो सिनेमामा अर्जुन पोखरेल र देवेन्द्र राई संगीत, काम कमल राई र कविराज गहतराजको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । सिनेमाका कार्यकारी निर्माता रोहिणी भट्टराई हुन् ।