‘भुइँमान्छे’: रमेश र सिपोराको प्रेमलाई छेकेन उमेरले ! (भिडियो)

‘भुइँमान्छे’: रमेश र सिपोराको प्रेमलाई छेकेन उमेरले ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ मा रिलिज हुने सिनेमा ‘भुइँमान्छे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगी एउटा गीत हो…’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार रमेश बुढाथोकी र सिपोरा गुरुङको प्रेमलाई देखाउँन खोजिएको छ ।

उमेरमा रमेश सिपोराका बुबा सरह छन् । तर, सिपोरालाई मनमनै माया गर्छन । भिडियो हेर्दा लाग्छ सिपोराले रमेशलाई साथिको रुपमा हेर्छिन् । साथि र एक तर्फी प्रेमीको द्वन्दलाई गीतको माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ । पोस्टमार्टमका लागि लास चिर्ने मान्छेको मनोविज्ञानमा आधारित सिनेमामा रमेशले उक्त भूमिका निर्वाह गरेका छन् ।

अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको शब्द समावेश गीतमा प्रमोद खरेलले स्वर दिएका छन् । नवराज बुढाथोकी निर्देशित सिनेमामा रमेश र सिपोरासँगै सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सानु ताम्राकार लगायतका कलाकार अभिनय छ । सिनेमालाई निरुपा राज्यलक्ष्मी थापा निर्माण गरेकी हुन् ।