‘झोला’ निर्देशकको ‘भोर’ टिजर रिलिज

‘झोला’ निर्देशकको ‘भोर’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यादवकुमार भट्टराई निर्देशित सिनेमा ‘भोर’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा मिथिलाञ्चलमा व्याप्त दाइजो प्रथाको पिडालाई झल्काउन खोजिएको छ । निर्देशक भट्टराईले यसअघि सफल सिनेमा ‘झोला’ निर्देशन गरेका थिए ।

माया दिएका कोहि पनि दर्शक ‘भोर’बाट निराश हुन नपर्ने भट्टराईले दाबी गरे । सम्पुर्ण छायाँकन जनकपुरमा गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ । गत बर्षको छठ पर्वदेखि यो बर्षको छठसम्म लगाएर एक बर्षको लामो समय लगाएर फिल्म खिचिएको हो ।

राज तिमिल्सिनाले निर्माण गरेको सिनेमा बैशाख २१ गते रिलिज हुदैछ । राजसँगै रामगोपाल थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको सिनेमामा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन् । सिनेमाका सबैजसो कलाकार स्थानिय छन्, जहाँ नाट्य धुन्धुरदेखि नयाँ अनुहारसम्म अटाएका छन् ।  किसन अर्याल मुख्य सहायक निर्देशक रहेको सिनेमालाई दिपक बज्राचार्यले खिचेका हुन् । सिनेमाको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै छ ।