यसै वर्ष हुनेछ भारतीको विवाह !

यसै वर्ष हुनेछ भारतीको विवाह !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भारतीय कमेडियन भारती सिंह यो वर्ष विवाह बन्धनमा बाँधिने तय भएको छ । भारतीले यो वर्षको नोभेम्बर या त डिसेम्बरमा हर्ष लिम्बाचियासँ लगनगाँठो कस्ने जानकारी दिएकी छन् ।

अहिले आफुले विवाहको तयारी गरिरहेको भारतीय मिडिया टाइम्स अफ इन्डियालाई बताएकी हुन् । यो वर्षको नोभेम्बर ३० र डिसेम्बरको ३ या ६ गतेको मितिमा भारतीको लगन जुराइने छ । यी तिन मितिको लागि भारतीले प्रतिक्षा गरिरहेकी छन् ।

लामो समय देखि प्रेमसम्वन्धमा रहेकी भारतीले ‘नच बलिए ८’मा हर्षसँग स्टेज तताएकी थिइन् । भारती आफ्नो विवाह लागि एकदमै उत्सुक रहेको र हर्ष जस्तो जीवनसाथि पाएकोमा आफुलाई भाग्यमानी ठान्छिन ।

आफ्नो कमेडीबाट भारतीले विश्वव्यापी चर्चा कमाएकी छन् । नेपालमा पनि भारती देख्न साथ हाँसोको फोहोरा छुटाउने कमि छैन ।