स्वतन्त्रता दिवसमा सलमानको यस्तो उपहार

स्वतन्त्रता दिवसमा सलमानको यस्तो उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनीत सिनेमा ‘भारत’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा भारतका एक ब्याक्तीको यात्रासँग जोडिएको छ । सलमानले सिनेमाको टिजर रिलिज गर्दै लेखेका छन्, केही सम्बन्धहरु माटोसँग जोडिएका हुन्छन् भने केही रगतसँग तर मसँग यो दुवै सम्बन्धहरु छन् ।

‘भारत’को छायांकन यतीवेला माल्टामा भैरहेको छ । यो सिनेमाको छायांकन सुरु भएको धेरै दिन बितेको छैन् । सलमान खान जहिले फ्यानलाई सरप्राइज दिन माहिर छन् । यसैले त स्वतन्त्रता दिवसको अवसरमा उनले आफ्ना फ्यानलाई नयाँ सिनेमा ‘भारत’को टिजर सरप्राइज दिने फैसला गरेका हुन् ।

अली अब्बास जफरले ‘भारत’को निर्देशन गरेका हुन् । उनले यसअघि ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता सफल सिनेमामा दिइसकेका छन् । २०१९ को इदमा रिलिज हुने सिनेमामा सलमान खान, कैट्रिना कैफ, दिशा पटानीको मुख्य भुमिका रहेको छ । कैट्रिना कैफ अन्तिम समयमा प्रियंका चोपडाले सिनेमाबाट हात झिके पछि उनको ठाँउमा भित्रिएकी थिइन ।