सलमानले सार्वजनिक गरे ‘भारत’को फर्स्टलुक

सलमानले सार्वजनिक गरे ‘भारत’को फर्स्टलुक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं बलिउड सुपरस्टार नायक सलमान खान अभिनित सिनेमा भारतको फर्स्टलुक सार्वजनिक गरिएको छ । अलि अब्बास जफरले निर्देशन गरेको सिनेमाको छायांकन सेटबाट अभिनेता सलमान खान आफैले सार्वजनिक गरेका हुन् । आफ्नो भेरिफाइड इन्स्टाग्राम एकाउन्ट भारतको पहिलो लुक्स सेयर गरेका हुन् ।

View this post on Instagram

#Bharat @bharat_thefilm

A post shared by Salman Khan (@beingsalmankhan) on

तश्बिरमा सूट-बूट लगाएका सलमान जुँगामा देखिएका छन् र कैटरीना हरियो रंगको एम्ब्रोइडेड लहंगामा । दुईको तश्बिर निकै सुन्दर छ र यसले सोसल मिडियामा निकै राम्रो रेस्पोन्स पाइरहेको छ । इन्स्टाग्राममा शेयर गरेको १ घण्टामा ६ लाख बढीले सलमान-कैटरीनाको यो तश्बिरमा लाइक गरेका छन् । सलमानको सिनेमा ‘भारत’ मा कैटरीना त्यो रोल गर्दैछिन् जुन प्रियंका चोपडाले गर्न इन्कार गरेकी थिइन् ।

वास्तवमा यो सिनेमा पहिला प्रियंकाले साइन गरेकी थिइन् तर पछि निजी कारणले उनले यो सिनेमा गर्न सकिनन् । यसपछि उनको ठाउँमा कैटरीना भित्रिएकी हुन् । सलमान र कैटरीनाको जोडी निकै पपुलर छ र यो जोडी जहिले पनि पर्दामा आएको छ तब सिनेमाले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ । सिनेमाको फर्स्टलुक आएसँगै दर्शकलाई टीजर र ट्रेलरको प्रतिक्षा गर्नु अब मुश्किल हुने भएको छ ।