पल र पुजाको केमेस्ट्रीलाई ५० लाख ! (भिडियो)

पल र पुजाको केमेस्ट्रीलाई ५० लाख ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा प्रदर्शन हुने ‘म यस्तो गीत गाउँछु’ अहिलेको चर्चा र प्रतिक्षामा रहेको सिनेमा हो । गीत/संगीतले नै सिनेमालाई हाइप दिलाएको छ ।

युट्युबमा रिलिज ‘भन्छु आज’, ‘किन आजकल’ र जुकबक्स अहिलेका हिट सामग्री हुन् । २ महिना अगाडी रिलिज भएको ‘भन्छु आज’ बोलको गीतले युट्युबमा ५० लाख भ्यु क्रस गरेको छ । सिनेमा रिलिज हुन् १० दिन बाँकी रहँदा गीतको सफलताले दर्शक हलसम्म आउँन सक्ने अनुमान सिने नगरीमा छ ।

गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलेको छ । गीतले ५० लाख भ्यु पाउँदा ४२ हजार बढी लाइक पाएको छ । जुन आफैमा लोकप्रियताको मापन हो । ५० लाख भ्यु मै यसअघि ‘कुटुमा कुटु’ बोलको गीतले ४० हजार बढी लाइक पाएको थियो ।

उपल्लो मुस्ताङमा छायाँकन गरिएको भिडियोमा पल र पुजाको केमिस्ट्रीलाई रुचाइएको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, कविराज गहतराजको कोरियोग्राफी, सुगम पोखरेल र अन्जु पन्तको स्वर समावेश छ ।

सुदर्शन थापा निर्देशित सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ ।