दयाहाङको ‘भैरे’ ट्रेलर रिलिज

दयाहाङको ‘भैरे’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गीत/संगीतबाट चर्चा कमाएको सिनेमा ‘भैरे’को ट्रेलर रिलिज भएको छ ।

अभिनेता दयाहाङ राईको शिर्ष भूमिका रहेको ट्रेलर फुल्ली कमर्सियल बनाइएको छ । ट्रेलर, कमेडी, एक्सन, रोमान्स, पिडा सबै प्रस्तुत गरिएको छ ।

एभरेस्ट सुर्य बोहराको लेखन/निर्देशन रहेको सिनेमामा दयासँगै सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, विक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले ‘भैरे’ निर्माण गरेका हुन् । लेख बहादुर पुन कार्यकारी निर्माता रहेको सिनेमामा सहनिर्माता स्वरूप करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल रहेका छन् ।

साउन ४ गते रिलिज हुने सिनेमामा बसन्त सापकोटा/यम बराल/अर्जुन पोखरेलको संगीत, कविराज गहतराज/बसन्त श्रेष्ठ/रामजी लामिछानेको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, सुर्य ठोक्करको एक्सन र बनिश शाहको सम्पादन छ ।