भैरे गीत: कविराजको रोचक कोरियोग्राफी, बर्षा र बुद्दीको ठुमका

भैरे गीत: कविराजको रोचक कोरियोग्राफी, बर्षा र बुद्दीको ठुमका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जेठ १८ गते प्रदर्शन मिति तोकेको सिनेमा ‘भैरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बुद्दी तामाङ, वर्षा सिवाकोटी र विक्रान्त बस्नेतले कम्मर मर्काएका छन् ।

‘सान्नानीलाई भेट्न आउँदा…’ गीतमा कविराज गहतराजले रोचक कोरियोग्राफी भरेका छन् । भने, पोखरा परिसरमा पुरुषोत्तम प्रधानले राम्रो तरिकाले भिडियो खिचेका छन् । बसन्त सापकोटाको शब्द/संगीतमा तयार भएको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले स्वर दिएका छन् ।

एभरेस्ट सुर्य बोहराले निर्देशन गरेको सिनेमा गीतमा प्रस्तुत कलाकारका अलावा दयाहाङ राई, सुरक्षा पन्त  अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी, सविता गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा बसन्त सापकोटा/अर्जुन पोखरेल/यम बरालको संगीत र प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको निर्माण छ । सिनेमाको  कार्यकारी निर्माता लेख बहादुर पुन (डेनिम)  हुन्, भने सविता गुरुङ, कुमार बस्नेत  र करुणा कर घिमिरे सह-निर्माता रहेका छन् । नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा २ करोड बजेटमा ‘भैरे’ निर्माण भएको हो ।