जेठबाट साउनमा पुग्यो ‘भैरे’

जेठबाट साउनमा पुग्यो ‘भैरे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जेठ १८ को रिलिज मिति स्थगन गरेको सिनेमा ‘भैरे’ले नयाँ रिलिज डेट तय गरेको छ । एभरेस्ट सुर्य बोहरा निर्देशित सिनेमा अब साउन ४ मा प्रदर्शन हुनेछ । टिमले नयाँ रिलिज डेटसहितको पोस्टर पनि सार्वजनिक गरेको छ ।

जेठ १८ मा रिलिज हुने भनिएता पनि चलचित्र निर्माता संघ र चलचित्र संघको शेयर बाँडफाँडको विषयले सम्भावित आन्दोलनलाई हेरेर ‘भैरे’को रिलिज पोस्टपोन्ड भएको थियो । चलचित्र निर्माता संघले जेठ ४ देखि गर्ने भनिएको आन्दोलन दुई संघ विचको सहमतिमा टुंगिसकेको छ ।

गीत/संगीतबाट हाइप बनाएको सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बुद्दी तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कन्चन ठकुरी, अंकित पौडेल, सयहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको ‘भैरे’का सहनिर्मातामा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत छन् । लेखबहादुर पुनको कार्यकारी निर्माणमा बनेको सिनेमा नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा निर्माण भएको हो । सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन र बनिश शाहको सम्पादन छ ।