‘भैरे’ व्यवसायिक रुपमा पनि सफल हुन्छ- दयाहाङ राई

‘भैरे’ व्यवसायिक रुपमा पनि सफल हुन्छ- दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साउन ४ गतेबाट अल नेपाल रिलीज हुने सिनेमा भैरेले यतिबेला राम्रो चर्चा परिचर्चा पाइरहेको छ । नेपाली सिनेमाका दर्शक माझ आफ्नो छुट्टै परिचय स्थापीत यो सिनेमाले गरिसकेको छ । सामाजीक तथा पारिवारिक कथामा निर्माण भएको सिनेमाको हाइपबाट सन्तुष्ट रहेको निर्माण टिमको भनाई छ ।

भैरे निर्देशक एभरेष्ट सुर्य बोहरा भन्छन्, हामीले एकदमै धेरै मेहनत गरेकाले पनि सिनेमा राम्रो बनेको छ । भैरेको अहिले जुन हाइप हुन पर्ने हो त्यो त हुन सकेको छैन, तर हामीले जती गर्न सकेका छौँ, त्यो हाइप र चर्चा बाट हामी सन्तुष्ट हुने अवस्था छ । भैरेको बजारमा जसरी चर्चा भैरहेको छ, त्यसले सिनेमाको व्यापारमा धेरै हदसम्म सहयोग गर्ने विश्वास निर्देशक बोहरामा छ ।

यता सिनेमाका मुख्य कलाकार दयाहाङ राई यतिबेला अर्को सिनेमा साँइलीको छायाँकनमा व्यस्त भएकोले गर्दा भैरेलाई समय दिन पाएका छैनन् । तरपनि समय मिलाएर वेलावेला सिनेमाको प्रचारमा निर्माण टिमलाई साथ दिरहेकाछन् । सिनेमाको ट्रेलरमा कथावस्तु बारे खासै खुलाइएको छैन् । तर यसको स्कृप्ट एकदमै राम्रो छ कथा मनपरेकै कारण मैले यो सिनेमा गरेको हुँ, ट्रेलर पनि राम्रो छ मलाई मन प¥यो दयाहाङ भन्छन् ,’यो चलचित्रले व्यवसायिक रुपमा पनि सफलता हात पार्ने दयाको दाबी छ’ ।

भैरेलाई एभरेस्ट सुर्य बोहराले निर्देशन गरेका हुन् । यसमा दयाका अलावा सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, विक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ । नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले ‘भैरे’ निर्माण गरेका हुन् । लेख बहादुर पुन कार्यकारी निर्माता रहेको सिनेमामा सहनिर्माता स्वरूप करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल रहेका छन् ।