दयासँग सुरक्षाको ठुमका, ‘भैरे’ दोस्रो गीत रिलिज

दयासँग सुरक्षाको ठुमका, ‘भैरे’ दोस्रो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘भैरे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘सान्नानीलाई भेट्न आउँदा…’ गीत युट्युबमा हिट बनेपछी निर्माण टिमले लोक फ्लेवरकै अर्को गीत सार्वजनिक गरेको हो ।

‘सनम माया लाको…’ बोलको गीतमा दयाहाङ राई र सुरक्षा पन्तले कम्मर मर्काएका छन् । निर्देशक एभरेस्ट सुर्य बोहराको शब्दमा यम बरालले संगीत भरेको गीतमा अन्जु पन्त र संगीतकार स्वयम्को स्वर छ । गीतमा कोरियोग्राफी भने बसन्त श्रेष्ठले भरेका छन् ।

एभरेस्ट सुर्य बोहरा निर्देशित सिनेमामा दयाहाङ र सुरक्षाका अलावा बर्षा सिवाकोटी, बुद्दी तामाङ, विक्रान्त बस्नेत, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी, सविता गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा बसन्त सापकोटा/अर्जुन पोखरेल/यम बरालको संगीत र प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको निर्माण छ । सिनेमाको  कार्यकारी निर्माता लेख बहादुर पुन (डेनिम)  हुन्, भने सविता गुरुङ, यम बराल, कुमार बस्नेत  र करुणा कर घिमिरे सह-निर्माता रहेका छन् । सिनेमा जेठ १८ गते सार्वजनिक प्रदर्शनमा आउदैछ ।