शाहिद र श्रद्धा स्टारर सिनेमा ‘बत्ती गुल मिटर चालू’को ट्रेलर रिलिज

शाहिद र श्रद्धा स्टारर सिनेमा ‘बत्ती गुल मिटर चालू’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रद्धा कपुर स्टारर सिनेमा ‘बत्ती गुल मिटर चालू’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार शाहिद कपुर, श्रद्धा कपुर र यामी गौतमलाई देख्न सकिन्छ ।

सिनेमाको कथा भारतको उत्तराखण्डको एक सानो गाउँको हो । निर्देशक श्री नाययण सिंहका अनुसार सिनेमाले त्यो गाउँमा सरकारको बिधुत विभागबाट पठाउने गलत बिल जस्तो गम्भीर समस्याको उठान गरिएको बताए । यस्ता सामजिक मुद्धा कलिउड सुपरस्टार अक्षय कुमारले धेरै सिनेमा निर्माण गरे पनि शाहिदले यस्तो गम्भिर कथामा पहिलो पटक अभिनय गरेका छन् ।