साईनिङ अमाउन्ट फिर्ता गर्दै वर्षाले छोडिन ‘रानीमहल’

साईनिङ अमाउन्ट फिर्ता गर्दै वर्षाले छोडिन ‘रानीमहल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाण्डौ – सिनेमा ‘रानीमहल’बाट अभिनेत्री बर्षा सिवाकोटीले हात झिकेकी छन् । साइन गरेको नौ महिनासम्म पनि सिनेमा छायाँकनमा जान नसकेपछी अन्तत: वर्षाले ‘रानीमहल’ छोडेकी हुन् । वर्षा सिनेमाकी मुख्य अभिनेत्रीमा फाईनल भएकी थिइन् ।

‘असारबाट छायाँकन सुरु हुने गरि निर्माण टिमले मलाई साइन गराएको थियो । करिब ९ महिना बित्दा पनि छायाँकनको सुरसार नै छैन । अहिले आएर स्क्रिप्ट र ड्रेस डिजाइनर पनि परिवर्तन हुने भएपछी अझ समय लम्बिने हुँदा ‘रानीमहल’बाट मैले हात झिकेकी हु ।’ बर्षाले भनिन् ।

साईनिङ अमाउन्ट पनि फिर्ता गरिसकेकी वर्षाले ‘रानीमहल’कै लागि ३-४ ओटा राम्रा व्यानरका सिनेमा पनि छोड्नु परेको बताइन । १ महिना भित्रै अमेरिका उड्न लागेकी वर्षा उताबाट फर्के लगतै ‘विर बिक्रम २’ र ‘नाइँ नभन्नु ल ५’मा व्यस्त हुनेछिन् ।

साता दिन अगाडी मात्र शुभमुर्हत गरिएको ‘रानीमहल’ माघ १४ बाट छायाँकनमा जाने बताईएको थियो । लगतै सिनेमाबाट प्रशान्त ताम्राकारले समेत हात झिकेका थिए । वर्षाले पनि छोड्दा ‘रानीमहल’ बन्ने/नबन्ने निश्चित छैन ।