FYI: दुई वर्षा एकै फिल्म ‘मेरो पैसा खोई’मा | कन्फ्युज नहुनुहोस्/चिन्नुहोस् !

FYI: दुई वर्षा एकै फिल्म ‘मेरो पैसा खोई’मा | कन्फ्युज नहुनुहोस्/चिन्नुहोस् !

द सिनेमा टाइम्स
0
Shares

नेपाली फिल्म क्षेत्रमा कम मात्र अभिनेत्रीहरुको नाम मिल्ने गर्छ । अभिनेत्री नम्रता शेर्स्थ संग नाम मिल्ने अर्की अभिनेत्री नम्रता श्रेष्ठ फिल्म गाँठो मार्फत अभिनयमा आईन् । त्यस्तै वर्षा नाम गरेका अभिनेत्रीहरु पनि फिल्म क्षेत्रमा तीन तीन जनाको संख्यामा छन् ।

वर्षा राउत नाम गरेका त दुई जना नै छन् । एकजना वर्षा राउत फिल्म काफल पाक्यो मार्फत अभिनयमा आईन् भने हाल गुमनाम छिन् । अर्की वर्षा राउत फिल्म वडा नम्बर छबाट अभिनयमा आईन् र छक्का पन्जा हुदै जात्रासम्म आई पुग्दा स्थापित अभिनेत्री को झैँ स्थान बनाई सकेकी छिन् ।

त्यस्तै नाई नभन्नु ल मार्फत अभिनयमा आएकी अर्की वर्षा नामकी वर्षा सिवाकोटी पनि पशुपति प्रसाद अभिनय गरेपछि व्यस्त अभिनेत्रीको सुचिमा पार्छिन । यी दुई वर्षाहरुको नाम त एकै छदै छ, अब एकै सिनेमामा अभिनय समेत गर्ने भएका छन् ।

Barsha Raut (google.com)

बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने ताथा रोज राणाले निर्माण गर्न लागेको फिल्म ‘मेरो पैसा खोई ?’मा दुई बर्षा, वर्षा सिवाकोटी र वर्षा राउतले स्क्रिन सेयर गर्ने पक्का भएको छ । जानकारीमा आए अनुसार दुवैलाई निकै महँगो पारिश्रमिक दिएर फिल्म साईन गराएको हो । तर उनीहरुले कति पारिश्रमिक लिए भन्ने कुरा खुलाईएको छैन ।

Barsha Siwakoti (google.com)

फिल्ममा दुई वर्षा संगै सौगात मल्ल, सागर तिवारी, वुदि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायतको अभिनय रहने छ । आउँदो माघ १५ गतेबाट छायाँकन थालिने फिल्ममा बलिउड कलाकार जुही चावला, संजय मिश्रा र राजपाल यादवको पनिा अभिनय रहने बताइएको छ ।

काठमाडौ,पोखरा,बुटवल लगायतका स्थानमा छायाँकन हुने चलचित्र नेपाली र हिन्दी लगायत अन्य भाषामा समेत निर्माण हुनेछ ।