वर्षा कमेडी ह्याङबाट कहिले उत्रिने ?

वर्षा कमेडी ह्याङबाट कहिले उत्रिने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ ‘नाइँ नभन्नु ल ४’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री बर्षा राउतले ६ सिनेमामा अभिनय गरिसकेकी छन् । तर, ६ सिनेमामा दुई जनरामा मात्र अभिनय गर्ने असवर मिलेको छ ।

पहिलो लभस्टोरी र त्यसपछी लगातार पाँच कमेडी सिनेमा । ‘छक्का पन्जा’, ‘जात्रा’, ‘छक्का पन्जा २’ र ‘मेरो पैसा खोई’ प्रदर्शनमा आईसकेका छन् । रिलिजको क्रममा रहेको ‘मिस्टर झोले’ पनि कमेडी जनरामा बनेको सिनेमा हो । त्यस्तै ‘छक्का पन्जा ३’मा पनि वर्षा रहनसक्ने सम्भावना छ ।

भनिन्छ, कलाकार भैसके पछी विभिन्न खाले भूमिका र विभिन्न जनराका सिनेमामा अभिनय गर्ने प्यास हुन्छ । तर,, के गर्नु वर्षालाई कमेडी सिनेमा र कमेडी भूमिकाबाटै अफर आइरहेका छन् । कमेडीनै सहि वर्षालाई फापीपनि रहेको छ । वर्षाले अभिनय गरेका सबै सिनेमा हिट छन्, बाँकी ‘मेरो पैसा खोई’लाई छोडेर । मेरो पैसा खोई’को व्यापारिक रिपोर्ट आईसकेको छैन ।

कमेडीमै व्यस्त रहे वर्षाको परिचय कतै अभिनेत्रीबाट हाँस्यकलाकारमा त परिणत हुने होइन ? समर्थकले तथा प्रशंशकले वर्षालाई अन्य भूमिकामा पनि देख्न चाहन्छन । आखिर दर्शकले वर्षालाई कहिले कमेडी भन्दा बाहिर देख्न पाउँने ?