असोजमा आर्यन र सृष्टिको ‘बाँध मायाले’

असोजमा आर्यन र सृष्टिको ‘बाँध मायाले’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साविर श्रेष्ठको निर्माण, लेखन र निर्देशन रहेको सिनेमा ‘बाँध मायाले’को रिलिज मिति तय गरिएको छ । निर्देशक श्रेष्ठले दिएको जानकारी अनुसार अब सिनेमा असोज ५ गतेबाट अलनेपाल प्रदर्शनमा आउने छ

अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ फर्स्ट पेयरिङ सिनेमालाई डिसीएनले वितरण गर्नेछ । हाल डविङमा रहको सिनेमाको फस्ट लूक पोस्टर र सरप्राइज प्याकेज छिट्टै नै प्रेसमिट गरि सार्वजनिक गरिने निर्देशकले बताए । सिनेमाको नाम जस्तै दर्शकले यसले बाँधेर राख्ने निर्देशक विश्वास पनि व्यक्त गरे ।

काइट्स इन्टरटेनमेन्टको रहेको सिनेमाको निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले निर्देशकसँग सहकार्य गरेका छन्, भने सहनिर्मातामा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् । सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चामलिङ, रविन होड सेन, किशोर खड्का लगायतका कलाकारको अभिनय छ ।

‘बाँध मायाले’मा अर्जुन पोखरेलको संगीत, बाबू श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।