सबिरको मायामा बाँधिए आर्यन र सृष्टि !

सबिरको मायामा बाँधिए आर्यन र सृष्टि !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ मायामा बाँधिने भएका छन् । यानकी, यी दुई कलाकारलाई लिएर निर्देशक सबिर श्रेष्ठले ‘बाँध मायाले’ निर्देशन गर्ने भएका छन् ।

लेखक समेत रहेका सबिरले ‘बाँध मायाले’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । यसै साता देखि नवलपरासीमा छायाँकन सुरु गर्ने गरि सिनेमाको टोलि यतिबेला छायाँकन स्थलमा पुगिसकेको छ ।

काइट्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमा रामहरि धिताल बिभिसिका श्रेष्ठ निर्माताका रुपमा रहेका छन् । त्यस्तै सहनिर्मातामा महेन्द्र अधिकारी र केदारप्रसाद धिताल छन् ।

सिनेमामा बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । ‘बाँध मायाले’मा आर्यन र सृष्टिका अलावा राजाराम पौडेल, विशाल चाम्लिङ र किशोर खड्काको अभिनय रहनेछ ।