अनुभव र सेड्रिनाको ‘बालापनको उमेर’ रिलिज

अनुभव र सेड्रिनाको ‘बालापनको उमेर’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘नाइ नभन्नू ल ५’ मा समावेश ‘बालापनको उमेर’ बोलको गीत रिलिज गरिएको छ । भाद्र ८ गतेबाट रिलिज हुने सिनेमाको गीतमा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचर्ड गरिएको छ । ‘नाई नभन्नू ल’ सिरिजको मुख्य विशेषता भनेकै यसको संगीत पक्ष हो । यस सिरिजमा समावेश हरेक गीतले दर्शकको मन छुन सफल छन् । आज सार्वजनिक गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ । गीतको संगीत बसन्त सापकोटा, शब्द बसन्त सापकोटा र समिक्षा अधिकारीको स्वर छ ।

विकाशराज आचार्यले निर्देशन गरेको सिनेमालाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् । वान टाइम सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सिनेमामा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माका अलवा स्वस्तिमा खड्का, अभिषेक नेपाल दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी,  सेड्रिना शर्माको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् ।