‘बकम्फुसे राजा’ अफिसियल घोषणा

‘बकम्फुसे राजा’ अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सञ्चारकर्मी प्रकाश सुवेदीले अब सिनेमा निर्देशन गर्ने भएका छन् । साउन १९ शनिबार उनले आफ्नो जन्मदिनको अवसर पारेर ‘बकम्फुसे राजा’ निर्देशन गर्ने घोषणा गरे । सुवेदी फिल्मस्को ब्यानरमा निर्माण हुने कमेडी जनराको सिनेमा ‘बकम्फुसे राजा’लाई अस्ट्रेलियामा बसोवास गर्ने गणेश सुवेदीले निर्माण गर्न लागेका हुन् ।

यो सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, सुनिल श्रेष्ठको कथा रहनेछ । सिनेमाका मुख्य कलाकारहरु केहि दिनमा एक कार्यक्रमको आयोजना गरि घोषणा गर्ने बताए । रंग पत्रकारितामा तीन दशक विताएका सुवेदीले ‘हर्के हवाल्दार’, ‘रिसानी माफ पाउँ’ लगायतका टेलिफिल्म निर्देशन गरिसकेका छन् । उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सिनेमा सम्बन्धी कार्यक्रम रजतपट निकै हिट थियो ।

आफ्नो ५० औं जन्मदिनमा भने उनले ‘इन्टरटेनमेन्ट नेपाल’ नामक अनलाइन पोर्टल लञ्च गरे । सुवेदीको जन्मदिन तथा फिल्म निर्देशक सम्बन्धी कार्यक्रममा हरिवंश आचार्य, भुवन केसी, रेखा थापा, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल जस्ता हस्ती उपस्थित थिए भने विल्सन विक्रम राईले निर्देशक सुवेदीप्रति नै व्यांग्य गर्दै सबैलाई हंसाए ।