‘बाहुबली २’को गोप्य रहस्य बाहिरियो !

‘बाहुबली २’को गोप्य रहस्य बाहिरियो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘बाहुबली’ बर्ष ०१७ को सर्वाधिक प्रतिक्षा गरिएको फिल्म हो । यसको पहिलो भागले ‘कटप्पा’ले ‘अमारेंद्र बाहुबली’लाई किन मारे भन्ने प्रश्न छोडेको छ ।

त्यसैले पनि ‘बाहुबली’को दोस्रो भाग अहिले दर्शकका लागि प्रतिक्षित छ । महंगा सेट लगाएर बिग बजेटमा निर्माण भएको फिल्मले आफ्ना कुनै पनि तथ्य बाहिर ल्याउन दिएको छैन । उसो निर्माण युनिट फिल्म रिलिज हुनु भन्दा अगाडी फिल्मका भिडियो गीत सार्वजनिक गरेको छैन ।

अन्तत: फिल्मको ‘बिग सरप्राइज’ बाहिरिएको छ । स्रोतका अनुसार ‘बाहुबली द कनक्लुसन’मा प्रभासको ‘ट्रिपल’ भूमिका रहेको छ । यस अघिको भागमा प्रभासले बाबु ‘अमारेंद्र बाहुबली’ र छोरा ‘महेन्द्र बाहुबली’को दोहोरो भूमिका निर्वाह गरेका थिए । अब फिल्ममा प्रभासले हजुरबुबा ‘धर्मेन्द्र बाहुबली’को भूमिका पनि निर्वाह गरेको खबर बाहिरिएको । खबरका अनुसार प्रभासलाई ‘बाहुबली २’मा तेहेरो भूमिकामा देख्न सकिने छ ।

एसएस राजमौलिको निर्देशनमा बनेको फिल्ममा प्रभाससंगै राना डग्गुबटी, तमन्नाह भाटिया, अनुष्का सेट्टी, राम्या कृष्णन लगाएतका कलाकारको अभिनय रहेको छ ।

रिलिज अगाडीका रेकर्ड:

फिल्मले रिलिज अगाडीनै दुई ओटा रेकर्ड राख्न सफल भएको छ । फिल्मको ट्रेलरले युट्युबमा १०० मिलियन भ्युजको रेकर्ड राख्न सफल भएको छ । १६ मार्चमा ४ भाषामा युट्युबमा रिलिज गरिएको ट्रेलरलाई सर्वाधिक भ्यु पाउने ट्रेलर भनिएको छ । त्यस्तै भारतीय फिल्मकै इतिहासमा यो फिल्मले भारतमा सर्वाधिक हल पाउन सफल भएको छ । फिल्म भारतमा मात्रै ६५०० भन्दा बढी पर्दामा रिलिज हुदैछ ।