कलेज प्रचारमा बाँध मायाले टिम !

कलेज प्रचारमा बाँध मायाले टिम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेका टाइम्स काठमाडौं – सिनेमा बाँध मायाले टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर सिनेमाको प्रचार प्रसारलाई तिव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।

आइतबार बिहान हामी राजधानीका दुई वटा कलेजमा पुग्यौं, सविरले भने, सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र सिनेमाका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो ।

ती कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले बाँध मायाले बारे केही कुरा राखे । विद्यार्थीहरुले सिनेमाप्रति चासो राखेर प्रश्न गरेको सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ अटोग्राफसमेत लिएको उनको भनाई छ ।लभ स्टोरी सिनेमा बाँध मायालेमा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सिनेमा असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शकलाई मन पर्ने सिनेमा निर्माण गरेको निर्देशक सविर श्रेष्ठ बताउँछन् ।