आर्यनको सहभागीतामा ‘बाँध मायाले’को वल्ड प्रिमियर सम्पन्न

आर्यनको सहभागीतामा ‘बाँध मायाले’को वल्ड प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गतेबाट रिलिज हुने सिनेमा ‘बाँध मायाले’को पहिलो वल्ड प्रिमियर सम्पन्न गरिएको छ । अगष्ट १८ तारिखमा इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर शोमा सहभागी हुन सिनेमाका मुख्य पात्र नायक आर्यन अधिकारी अष्ट्रेलिया पुगेका छन् । त्यहाँको प्रिमियर शोको व्यावस्था सह निर्माता महेन्द्र अधिकारीले मिलाएका हुन् । आइतबार फेरी अष्ट्रेलियाको हर्ट सभिलमा ‘बाँध मायाले’को दोस्रो शो राखिएको छ । उक्त शोमा समेत सिनेमाका मुख्य नायक आर्यन अधिकारी पनि सहभागी हुनेछन् ।पहिलो पटक गरिएको सिनेमाको वल्र्ड प्रिमियरमा सहभागी दर्शकले सिनेमालाई मन पराउनु भएको छ, आर्यनले भने, यहाँको दर्शकले दिएकोे प्रतिक्रियाले हामीलाई हौसला मिलेको बताए । अष्ट्रेलिया पछि यही अगस्ट २८ तारिखमा ‘बाँध मायाले’को शो अमेरिका स्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । सविर श्रेष्ठले निर्देशन गरेको सिनेमा ‘बाँध मायाले’मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएको सिनेमामा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव -नायक किशोर खड्काको अभिनय रहेकोछ । रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको सिनेमामा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेकाछन् ।