‘बाँध मायाले’को दोस्रो गीत रिलिज

‘बाँध मायाले’को दोस्रो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गते रिलिज हुने सिनेमा ‘बाँध मायाले’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, ज्योती राई, सिपि पौडेल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।

सबिर श्रेष्ठले निर्देशन गरेको सिनेमाको सार्वजनिक ‘आउने जाने…….’ बोलको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारी शब्द तथा सुरेश लामा, दुर्गा खरेलको साथमा संगीतकार पोखरेलको समेत स्वर छ । एक्सन लभ स्टोरी सिनेमा ‘बाँध मायाले’मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय रहेको छ ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती निर्माण भएको सिनेमा ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा छन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी छन् । भने ‘बाँध मायाले’का कार्यकारी निर्माता केदार धिताल हुन् । बाबु श्रेष्ठको छायाँकन रहेको सिनेमामा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।