‘बाँध मायाले’को रोमान्टिक गीतमा सृष्टि र किशोरको रोमान्स (भिडियो)

‘बाँध मायाले’को रोमान्टिक गीतमा सृष्टि र किशोरको रोमान्स (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा ‘बाँध मायाले’को तेश्रो गीत सार्वजनिक गरिएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको सँग सँगै बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । सार्वजनिक गीतको शब्द पनि संगीतकार पोखरेल नै लेखेका हुन् । नायिका सृष्टि श्रेष्ठ र नव-नायक किशोर खड्कालाई रोमान्टिक गीतमा फिचर्ड गरिएको छ ।

कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन् । यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यस अघि सार्वजनिक ‘बाँध मायाले’को शिर्ष गीतलाई रुचाइएको छ । भने सार्वजनि टिजर, ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । सिनेमा असोज ५ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ ।

सविर श्रेष्ठ निर्देशित सिनेमा ‘बाँध मायाले’मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नव नायक किशोर खड्का, राजा राम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको मुख्य भुमिका रहेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् । भने सह निर्माताको रुपमा महेन्द्र अधिकारीको सिनेमामा लगानी रहेको छ ।